
यो साता शेयर कारोबार रकम गत साताको भन्दा २ दशमलव २३ प्रतिशत बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६ कम्पनीहरुको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज बताएको छ ।
यो साता ११ हजार ९ सय १९ कारोबारबाट २ अर्ब ५० करोड ३७ लाख १ हजार रुपैयाँ बराबरका ३७ लाख ५८ हजार ६ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । गत साता १ सय ६१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७ हजार ३ सय ७४ कारोबारबाट २ अर्ब ४५ करोड १० लाख ६५ हजार रुपैयाँ बराबरका ५१ लाख १२ हजार १ सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ० दशमलव ३२ अंकले बढेर अन्तिम दिन १ हजार २ सय १२ दशमलव ३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ० दशमलव ३९ अंकले बढेर २ सय ६० दशमलव ७५ अंकमा आईपुगेको नेपाल स्टक एक्सचेन्ज जनाएको छ । यस साता कारोबार रकम २० करोड २९ लाख ६० हजार रुपैयाँको आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या ३ लाख ८२ हजार कित्ताको आधारमा नेपाल बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या ८ सय ७० वटाको ग्लोवल आइएमइ बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नभएको नेपाल स्टक एक्सचेन्ज बताएको छ ।