९ माघ २०७२, शनिबार

अहिलेको समयमा निकै चर्चामा रहेकी नायिका नम्रता श्रेष्ठ नयाँ पे्रमि सँग छिन् । अहिले उनी दावा शेर्पा नामका युवकसँग अफेयरमा गम्भिर रहेकी छिन् । प्रायजसो प्रेमको बिषयमा खुलेरै मिडिया सँग कुरा गर्ने नम्रताले दावाको बारेमा भने खोल्न मानिन् । यो भन्दा पहिले रेमनदास श्रेष्ठ र प्रेम घले सँगको उनको प्रेमलाई खुलेरै मिडियासँग कुरा राखेकी थिईन् । रेमनदास र प्रेम घलेको प्रेममा पर्दा उनि निकै गम्भिर देखिन्थिन् । त्यस्तै अहिले दावासँगको प्रेममा पनि उनि निकै गम्भिर देखिएकी छिन् ।

namrata
अहिले उनि फिल्म क्लासिकको प्रोमोशनमा व्यस्त छिन् । नोभेम्बर रेन फिल्मको ठुलो सफलता पश्चात आर्यन र नम्रताले क्लासिक फिल्ममा पनि सँगै अभिनय गरेका छन् । अहिले क्लासिक फिल्मको प्रोमोशन कार्यमा दुवै व्यस्त छन् । त्यसोत नायिका नम्रताले दावा सँगको अफेयरको बारेमा भने कुरा खोल्न चाहिराखेका छैनन् । नायक आर्यनले पनि उत्तिकै नम्रतालाई केयर गर्छन् । दर्शकहरुले आर्यन र नम्रताको जोडिलाई खुब रुचाईराखेका छन् । त्यस्तै फिल्म रीलीज हुने समयमा उनको जोडिको रुपमा दावा आयो भने फिल्मलाई असर पर्ने भएको हुनाले उनले दावा सँगको अफेयर खोल्न नचाहेको बुझिन्छ । पहिले पनि नम्रता प्रेममा पर्दा निकै गम्भिर थिईन्, त्यसैले यसपाल पनि उनि प्रेमकै कारण गम्भिर छिन् भन्न आँकलन गर्न सकिन्छ । त्यस्तै क्लासिक फिल्मको रीलीज डेट पनि नजिकीदै गरेको छ ।

LIVE TV