९ माघ २०७२, शनिबार

लोक गायिका सुनिता गुरुङ्गको पछिल्लो एल्बम रमाईलो पोखराको अडियो तथा भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा सुनिता गुरुङ्गको एकल ट्रयाक रमाईलो पोखरा सार्वजनिक भएको हो । गुरुङ्गको रमाईलो पोखरालाई नायक रमेश उप्रति र अभिनेत्रि गौरी मल्लले संयुक्त रुपमा विमोचन गरेका हुन् । गुरुङ्गको रमाईलो पोखराको बिमोचन कार्यक्रममा विभिन्न सांस्कृतिक नाच पनि प्रस्तुत गरिए । त्यस्तै कार्यक्रममा एल्बमका सर्जक तथा सहयोगिहरुलाई मायाको चिनो पनि प्रदान गरियो । सार्वजनिक गरीएको एल्बममा सुनितालाई जीवन परीयारले पनि साथ दिएका छन् ।

IMG_3693 IMG_3717 सुनिता गुरुङ्गको एल्बमको म्युजिकभिडियो पनि अडियो सँगै सार्वजनिक गरीएको छ । उक्त भिडियोमा रमेश श्रेष्ठको निर्देशनमा सुदिप बरालको छायाँकन र पवन सिमखडाको सम्पादन रहेको छ । त्यस्तै विजय थापाको नृत्य निर्देशनमा विजय थापा र गयिका सुनिता गुरुङ्गले फिचरीङ्ग गरेका छन् ।
एल्बम सार्वजनिक कार्यक्रमलाई कला केन्द्रका अध्याक्ष रमेश श्रेष्ठले सभापतिको भुमिका निर्वाह गरेका थिए । त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, निवर्तमान अध्यक्ष बिदुर गीरी,निर्देशक तथा निर्माता निर्मल शर्मा, बितरक तथा निर्माता गोपाल कायस्थ,अभिनेता तथा निर्माता केशब भट्टराई,नेपाली कला संगमका सल्लाहकार सुदर्शन महर्जनका साथै अभिनेत्रि गौरी मल्ल र अभिनेता रमेश उप्रेतिको उपस्थिति रहेको थियो । सार्वजनि गरीएको एल्बमको चर्चा गर्दै अभिनेत्रि गौरी मल्लले सास्त्रीय संगित भन्दा लोकभाका महत्वपुर्ण रहेको बताएकी छिन् ।हामी नेपालीले लोकभाकालाई हेर्ने दृष्टिकोणमा चेन्ज गर्नु पर्ने पनि बताएकी छिन् ।

त्यस्तै अतिथि अभिनेता उप्र्रतिले पनि सबै बिधाको गीतबाट आफु आकषर््िात भएपनि लोक भाकामा बढि आकर्षण हुने बताएको छन् । यसै एल्बमका लयकर्ता, रचनाकार तथा लोक गायक मिलन लामाले पनि सुनिताको प्रसंसा गर्दै गायन क्षेत्रमानै उनको भविस्य उज्वल रहेको भताएका छन् । त्यसै गायीका गुरुङ्गले पनि सबै बिधाको गीत गाए पनि लोक भाकालाई नै बढि प्राथमिकता दिएको बताईन् ।

LIVE TV