
बिनोद श्रेष्ठ। युएई
थरूहट अान्दोलन वार्ता समिति सदस्य एवं थारू कल्याणकारी सभाका पुर्बमहामन्त्री राजकुमार लेखी थारूले मधेश,थरूहट अान्दोलन असमानता र बिभेदको सरकार बिरूद्दको लडाई भएको बताएका छन्।
हिजो युएइको अलएेनमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा थारुहरु राणा,तानाशाह विरुद्ध लड्दै लोकतन्त्र र गणतन्त्रको लागि आहूती दिएको बताउँदै ७० वर्षदेखि चल्दै अाएको विभेद र असामनता थारुहरुले तोड्न चाहेको बताए।उनले मधेशमा बिगत पाँच महिना देखी जारी शान्तीपुर्ण अान्दोलनको मागलाइ सरकारले बेवास्था गरे देश बिखण्डन तिर जाने जिकिर गरे। अन्तरिम संबिधानले दिएको अधिकार सबै जाती समुदाय र सबै क्षेत्रका जनताको समाबेशी, समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए।
अादिबासी जनजाती अान्दोलन, मधेश अान्दोलन, थारूहरूको अान्दोलन बाहुन क्षेत्री बिरूद्दको अान्दोलन हैन। राजा त्रिभुबनको पाला देखी उठाउदै अाएको माग हो।यो जातजातमा लडाउने काम राज्यको शाशकहरबाट भएको उनको दाबी थियो। उनले थारुहरु ब्राह्ममणवादी र तानाशाही सबैको अन्त्य चाहेको बताए। थरुहट आन्दोलन जातिको विरोधमा होइन। ब्राह्मणवादी शासनको अन्त्यका लागि हो। उनको कथन थियो। बर्तमान सरकार र उसका पहरेदारहरू ब्राह्माण एकता परिसद्का सदस्य रहेकाले सबै खाले माग संम्बोधान गर्न नसक्ने बताए।उनले देशलाई टुक्राउने सिके रावतको सिद्दान्त र मधेसलाई स्वतन्त्र छुट्टै देश बनाउने जयकृष्ण यादवको पक्षमा आफूहरु नरहेको प्रष्ट पारे। जारी मधेश,थरूहट अान्दोलनमा नेता थाक्लान्। तर जनता कहिल्यै नथाक्ने भन्दै जनताको जित सुनिश्चित हुने दाबी समेत गरे। माघ २३, २४,र २५ सिराहको लाहनमा जारी थरूहट अान्दोलनलाइ अझ ससक्त बनाउन ३ दिने केन्द्रिय प्रशिक्षण कार्यक्रम रहेको जानकारी गराए। नेता लेखी थारु समाज युएईको माघी तथा थारू प्रक्षिशण कार्यक्रममा गत बुधबार यूएइ अाएका थिए।
शुक्रबार देखि युएईमा रहेका थारु तथा आदिवासी संघसंस्थाले आयोजना गरेका विभिन्न अन्तर्कृया कार्यक्रममा सहभागिता जानाउदै अाएका छन् । उक्त अन्तरक्रिया कार्यक्रम युएई स्थित अलएेनमा रहेको सबैभन्दा पुरानो नेपाली लगानीमा रहेको अन्नपुर्ण ट्राभल्समा भएको थियो।