९ माघ २०७२, शनिबार

सरकारले सरकारी सेवाबाट अवकाश लिई पुनः लाभको पदमा नियुक्त पदाधिकारी तथा कर्मचारीलाई एकतर्फको मात्र सुविधा उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

penson

अवकाश प्राप्त कर्मचारीले निवृत्त भइसकेपछि कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्त भएमा उसले पेन्सन वा मासिक पारि श्रमिक रोज्नुपर्ने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए। उनका अनुसार कसैले सार्वजनिक पदमा नियुक्त भएर पनि पेन्सन लिएको भए त्यसको एक महिनाभित्र पारिश्रमिक फिर्ता नगरेमा पेन्सनको अधिकारपत्र रोक्का गर्ने निर्णय सरकारले गरेको छ।
मन्त्रिपरिषद् बैठकले सचिव श्रीधर सापकोटालाई प्रधानमन्त्री कार्यालयबाट लोकसेवा आयोगमा सरुवा गरेको छ। त्यस्तै सहसचिव चन्द्रकुमार घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरेको छ।

शशिशेखर श्रेष्ठलाई सचिवमा बढुवा गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक, शंकर कोइरालालाई सचिवमा बढुवा गरी पश्चिमाञ्चल, लक्ष्मीप्रसाद ढकाललाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, मुकुन्दराज घिमिरेलाई कायममुकाम क्षेत्रीय प्रशासन कार्यालय डोटीमा पदस्थापन गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

 

LIVE TV