९ माघ २०७२, शनिबार

काठमाडौं । लगनखेलस्थित संचयकोषको मलमा रहेको मोबाइल कम्प्लेक्समा मोबाइल मेला सुरु भएको छ। मेला ललितपुर मोबाइलकम्प्लेक्सको आयोजनामा भएको हो ।

मोबाइल मेलाको उद्घाटन पूर्व युवराज पारस शाहले गरे। स्वदेश फर्किए पछि बाहिर खासै नदेखिएका शाहा यस्ता मेला उद्घाटनमा गएको सम्भवत यो पहिलो पटक हो ।

Parash-Shah-in-mobile-mela

मेला अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्म, एसोसरिजको खरिदमा ५५ प्रतिशतसम्म र कुनैपनि मोबाइल तथा ग्याजेटको सर्भिसमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने आयोजक मोबाइलकम्प्लेक्सले जानकारी दिएको छ ।

मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मका ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध छन्।  मेलामा आउने हरेकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने प्रवेशमा १ सय रुपैयाँ बराबरको निःशुल्क लक्की ड्र कुपन दिइएको छ। उक्त कुपनबाट हरेक दिन लक्कि ड्र मार्फत तीनवटा स्मार्टफोन उपहार प्रदान गरिनेछ।

मेलामा करिब ३ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल अवलोकन तथा प्रवेशकर्ताहरु मध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट १ लाख रुपैंया बराबरको बम्पर उपहार प्रदान गरिने छ।

 

LIVE TV