९ माघ २०७२, शनिबार

भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमती क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण कार्यको धुमधामका साथ शिल्यान्यास गरे । उक्त अवसरमा सर्वसाधारण खुसी देखिन्थे । त्यसको चारदिनपछि बुधबार त्यही ठाउँ पुग्दा लगभग सुनसान देखिन्थ्यो । सर्वसाधारण निराश भेटिए ।

kar

शनिबार कार्यक्रममा प्रधानमन्त्री, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल, गृहमन्त्री शक्ति बस्नेत, पुनर्निमाण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले पारदर्शी ढंगबाट पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता गरेका थिए । उक्त सामुहिक आवाजको बुधबार केही असर नदेखिएको नागरिक दैनिकमा खबर छ ।

पुरानो नेवार बस्तीमा कोही शनिबार टाँगिएका आकर्षक नक्सा नियाल्दै थिए त केही भूकम्पले ढालेको आफ्नो घरको भग्नावशेष पन्छाउँदै थिए ।

भग्नावशेष पन्छाउँदै गरेका शैलेश शाक्यले आफूले आफ्नो घर नबनाई नहुँदै भन्दै सरकारले आश्वासन दिएकाले दुःख पाइएको बताए ।

ढोको बोकेर आउँदै गरेकी रश्मी शाक्य भित्तामा टाँसिएको नक्सामा आफ्नो घर खोज्दै थिइन् । उनले फेला पनि पारिन । घर आकर्षक थियो । सँगै रहेका श्रीमान प्रेम शाक्यलाई देखाइन नक्साको घर । प्रेमले भने-नक्साको घरमा बस्न मिल्दैन ।’

LIVE TV