९ माघ २०७२, शनिबार

थानकोट डिपोमा तीन मन्त्रीले एकै पटक छड्के अनुगमन गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ। अत्यधिक मौज्दात रहेको उक्त डिपोले इन्धन विवरण नगरेको गुनासो आएपछि शुक्रबार बेलुका गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल र आपूर्तिमन्त्री गणेशमान पुुनले छड्के अनुगमन गरेका हुन् ।

NOC-thankot-depo

उक्त डिपोको क्षमता २२ हजार किलोलिटर छ । जसमध्ये पेट्रोलको १८ सय किलोलिटर भण्डारण क्षमता छ । मन्त्री पुनका अनुसार करिव १२ सय किलोलिटर पेट्रोल मौज्जाद छ । उपत्यकामा दैनिक साढे ३ सय किलोटिर पेट्रोलको माग छ ।

 

LIVE TV