९ माघ २०७२, शनिबार

काठमाडौं – कीर्तिपुर बजारभित्रको पुरानो घरभित्र शुक्रबार बिहान सात बजे एउटा वयस्क चितुवा भेटियो । माटोको घरभित्र लुकेको चितुवा स्थानीय बासिन्दाको हल्लीखल्लीपछि भाग्दै शौचालय पस्यो ।

chituwa

चिडियाखानाका प्राविधिक र प्रहरी टोलीले लामो प्रयासपछि चितुवा शौचालयमै थुनेर चितुवा बेहोस बनाए । बाक्लै घर भएको गल्लीभित्र चितुवापसेपछि स्थानीय वासिन्दामा तनाव उत्पन्न भएको थियो । भाले चितुवा उद्धारपछि शिवपुरी राट्रिय निकुञ्जमा छाडिएको छ । अघिल्लो साता नयाँबानेश्वरको बाक्लो बस्तीभित्रको एउटा घरमा यस्तै वयस्क पोथी चितुवा फेला पर्यो ।

दुई साताभित्र यी दुई वयस्क चितुवा किन सहर पसे भन्नेमा धेरै अनुमान छन् । वन्यजन्तु विज्ञ कमलजंग कुँबरका अनुसार बासस्थान क्षयीकरण चितुवा सहर पस्नुको कारण हो । त्यस्तै यौनसाथीको खोजीमा पनि चितुवा सहर पस्ने गरेको विज्ञहरु बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

LIVE TV