
काठमाडौं – मस्तिष्क मृत्यु भएकाहरुको अंगलाई अब बिरामीमा पत्यारोपण गर्न सकिने भएको छ । संसद्ले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध ऐन) २०५५ लाई संशोधन गर्न बनेको विधयेक २०७२ शुक्रबार पारित गरेपछि अब मस्तिष्क मृत्यु भएकाहरुको अंग बिरामीमा प्रत्यारोपण गर्न बाटो खुलेको हो । त्यस्ता व्यक्तिका अंग प्रत्यारोपण गरी विभिन्न रोगबाट ग्रस्त बिरामीलाई बचाउन सकिनेछ ।
राष्ट्रपतिबाट विधयेक प्रमाणीकरण भएपछि संशोधित ऐन कार्यान्वयनमा आउनेछ । विधयेकमा मस्तिष्क मृत भएका व्यक्तिका अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्नेलगायत अंग प्रत्यारोपणका लागि केही प्रावधानसमेत सहज र खुकुलो बनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।