८ माघ २०७२, शुक्रबार

नेपाल प्रहरीका नक्कली भिआइपीहरु अपराध महाशाखाको फन्दामा परेका छन् । नेपाल प्रहरीको अनुसन्धान निरीक्षक तथा सहायक निरीक्षकमा जागीर लगाइदिने भन्दै युवाहरुलाई प्रलोभनमा पारेर लाखौं ठगी गर्ने नक्कली प्रहरी प्रवक्ता तथा नक्कली डिआइजीलाई अपराध महाशाखाले हतकडी लगाएको छ ।

vlcsnap-2773-10-04-07h43m08s191
यी अनुहारहरु यतिवेला महानगरीय प्रहरीको सहयोगको आशमा छन् । फसेका आफना ३५ लाख वरावरका रकम उठाइदिने आशा र भरोसाले विश्वस्त । त्यसैले, युवाहरु अन्तिममा अपराध महाशाखाको शरणमा पुगेका हुन् । यहाँ यी प्रौढ अनुहारहरु पनि छन् । तर हतकडीमा बाँधिएका । नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजीका नक्कली अनुहारहरु । अर्थात कालीकोट पुर्कोटका सतल महतरा, कालीकोट सिपखानाका नेत्रबहादुर शाही र गोर्खा गुम्दाका विकास गुरुङ । प्रहरीले यिनीहरुलाई ठगीकोअभियोगमा पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीमा जागिर लगाइदिने भन्दै वेरोजगार युवाहरुवाट सातलाखसम्म उठाएको प्रहरी अभियोग यिनीहरुमाथि छ । यी तीनजनाले ११ जनावाट ३४ लाख ४० हजार असुलेका थिए । ठगीका लागि यिनीहरुको गज्जब तरिका छ । सूचना प्रकाशित गर्छन् । वजारमा युवाहरु खोज्छन् ।

vlcsnap-5540-03-02-09h53m29s393

फर्म भराएर छनौट गर्छन् । पहिलो र वैकल्पिक उम्मेदवार पनि प्रकाशित गर्छन् । उम्मेदवारलाई प्रहरी प्रवक्ता कमलसिंह वम तथा डिआइजी जयवहादुर चन्द भनी विश्वस्त बनाउँछन् पनि । रकम असुल्न शुरु गर्छन् । तर वाँकी रकम असुल्ने क्रममा यिनीहरु प्रहरीका फन्दामा परेका हुन् । नक्कली भिआइपीहरुसँगै महाशाखाले काठमाडौका विभिन्न स्थानहरुवाट चोरहरुको घरमा खानतलासी गरी गरगहना, पैसाहरु पनि वरामद गरेको छ । तपाई कसैको हराएका सामानहरु प्रमाणसहित सम्पर्क गर्न प्रहरीलेआग्रह गरेको छ ।

vlcsnap-6786-09-17-15h47m04s135

LIVE TV