८ माघ २०७२, शुक्रबार

अब फर्कियो फुटबल । लामो समयको निराशा र अपमानको पीडा पछि नेपालीहरुको लोकप्रिय खेल फुटबलले अन्ततः नेपालीको नुर गिर्न दिएन । २३ बर्ष अघि जुन भूमिमा उपाधि उठाएको थियो त्यही मैदानबाट नेपालले गिरेको नुरलाई पुनः उठाएको छ । विश्वासले भरिएको सुन्दर प्रस्तुतिलाई सुरुदेखि एउटै लयमा प्रस्तुत गर्दा बंगलादेशको बंगबन्धु गोल्डपको उपाधि मात्र उठाएन फुटबलमा फेरी फर्किएको चेतावनीयुक्त सन्देश पनि प्रवाह गर्न सफल भएको छ । बिभिन्न काण्ड र प्रकरणले नेपाली फुटबलले विश्वासको धरहरा गुमाइसेको थियो । आम नेपाली फुटबलप्रेमीहरु आहत बनाउने गरी भएको म्याच फिक्सिङ प्रकरण र एन्फा अध्यक्ष गणेश थापामाथिको फिफाको कारवाहीले फुटबलको भविष्यलाई लिएर सर्वत्र चिन्ता व्यक्त गरिएको थियो । तर युवा खेलाडीहरुले त्यो निराशाको बादललाई चिर्दै फुटबलको सुखद भविष्यको उजागर गरेका छन् । फुटबलमा जहिले पनि राम्रो प्रस्तुति गर्ने तर गोल गर्न विर्सनले वानीले नेपालको पछिल्ला धेरै खेलहरु विर्सनलायक रहे । पछिल्लो पटक साफ च्याम्यिनशीपमा गरेको प्रदर्शनले झनै भत्काएको थियो नेपाली फुटबल प्रेमीको मनहरुलाई । तर बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा शुक्रबार साँझ उपस्थित सयौं नेपाली मात्र हर्षको उडान भरेनन आम नेपाली जनता विजयको खुसी साटासाट गर्न एकाएक व्यस्त भए । श्ुक्रबार साँझ बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले बहराइनको २३ बर्षमुनिको टोलीलाई तिन शुन्य गोल अन्तरले हराउन सफल भएको हो । नेपाललाई उपाधि दिलाउनका लागी खेलको चौथो मिनेटमानै विमल घर्ती मगरले खोलको खाता खोलेका थिए । खेलको दोस्रँे हाफमा विशाल राई र नवयुग श्रेष्ठले समान एक एक गोल गरेका थिए । सन् १९९३ सालमा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा त्यही भूमिमा उपाधि उचालेको हो । लामो समय उपाधि विहिन रहेको नेपालले बहराइनलाई पराजित गर्दै उपाधिको खडेरीको तोडेको छ । नेपालले सेमिफाइनलमा समूह वि को विजेता माल्दिभ्सलाई चार–एक गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।। समूह चरणअन्तर्गत नेपालले डिफेण्डिङ च्याम्पियन मलेशियाको फेल्डा युनाइटेड फुटबल क्बल र बंगलादेशसग गोलरहित बराबरी खेलेको थियो । विजयी नेपाली टोलीलाई बंगलादेशका प्रधानमन्त्री वेगम शेख हसिना वाजेद बधाई दिदै पुरस्कार विरतण गर्नुभएको थियो ।

NEPAL WIN

प्रतिक्रिया दिनुहोस्
LIVE TV