
नेपाली फिल्महरु प्रायजसो एकै दिनमा रीलीज गर्ने चलन फिल्मका निर्माताहरुमा रहेको छ । त्यस्तै फाल्गुन ७ मा पनि तिन फिल्महरु एकै चोटि लाग्ने भएको छ । यसरी एकै दिन धेरै फिल्महरु रीलिज गर्दा निर्माताहरुले आफ्नो दर्शकहरुलाई गुमाई रहेको छन् । फल्गुन सात गते पनि फिल्महरु फागु, को अनफ्नो,र द सोल्जर प्रदर्शनमा आउदै छन्
करीस्मा मानन्धर र बिनोद मानन्धरले निर्माण गरेका फागुलाई सम्झना उप्रति रोनियारले निर्देशन गरेका छन् । फगु फिल्ममा तराईको खुल्ला सिमानाका कारण परिवारमा पर्न गएको असरको कथाबस्तुलाई देखाउन खोजिएको छ । गौरी मल्ल, शिल्पा पोखरेल, लगाएतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
त्यस्तै फिल्म द सोल्जरले पनि फागुन सातलाइ रीलिजको टार्गेट गरेको छ । बि एस बलामीको निर्देशन रहेको फिल्म द सोल्जरमा सुनिल थापा,सुवास मेचे,सुलेमान संकर इकु,जेनिशा केसि लगायत कलाकार मुख्य भुमीकामा रहेका छन । गेहेन्द्र बज्राचार्य फिल्मका निर्माता हुन । जंगल भित्रको कथा व्यथालाइ फिल्मले प्रस्तुत गर्ने छ ।
पाल्गुन सातको रीलीज डेट टार्गेट गर्दै फिल्म को आफ्नो ले पनि प्रोमो सार्वजनि गरेका छन् ।अनिल थापाको शब्द, निर्माण तथा निर्देशन पनि उनैको रहेका छन् । यस फिल्ममा एडप्टेड बच्चाको दुई जोडि बाबु आमाको कथाबस्तुलाई देखाउन खोजिएको छ । रीचा शर्मा,सुशान्क मैनाली,सुवास थापा,मेनुका प्रधान, राजन खतिवडा,शान्ति गिरी लगाएतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।