
बालबालिकाको ओसारपसार तथा शोषणका लागि काठमाडौं ट्रान्जिट प्वाईन्ट बनेको तथ्य सरकारी निकायबाटै सार्वजनिक भएको छ । केन्द्रीय बाल कल्याण समितिले दक्षिण एशियाका मुस्लिम मुलुकका मुस्लिम धर्मावलम्बी बालबालिकलाई फरक धर्म प्रचारकहरुले बाल आश्रमको आवरणमा धर्म परिवर्तन गराउने गतिविधि भइरहेको भन्दै गम्भिर बन्न गृहमन्त्रालयलाई पत्रचार समेत गरेको खुलेको छ ।