८ माघ २०७२, शुक्रबार

काबुल/ अफगानिस्तानमा हिंसा मच्चाइरहेको तालिबानले यहाँको सबैभन्दा ठूलो टेलिभिजनका पत्रकार र कर्मचारी चढेको बसमा आत्मघाती विस्फोट गराएर सातको हत्या गरेको छ ।

kabu;

पत्रकारमाथिको आक्रमण नागरिक अधिकार र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भन्दै अन्तर्राष्ट्रिय समुदायले तालिबान आक्रमणको निन्दा गरेको छ । तालिबानले बिहीबार टोलो टिभीका कर्मचारी बोकेको मिनीबसमाथि हमला
गरेका हुन् ।
विस्फोटमा अन्य २५ जना घाइते भएका छन् । राजधानी काबुलस्थित रुसी दूतावासनजिकै पुगेपछि बसमा आत्मघाती विस्फोट गराइएको थियो । हमलाको जिम्मेवारी तत्कालै तालिबानले लिएको थियो ।
उनीहरूले आफ्नो निशाना दूतावास नभई टोलो टेलिभिजनका पत्रकार र कर्मचारी रहेको बताएका छन् । अफगानिस्तानकै प्रभावकारी टेलिभिजन च्यानललाई ‘जासुसी गर्ने संस्था’ तालिबानले हमला गरेको हो ।

 

LIVE TV