८ माघ २०७२, शुक्रबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङको रंगेलीमा भएको प्रहरी दमनको विरोध गरेको छ । हिजो प्रहरीसंगको झडपमा रंगेलीमा तीन जनाको मृत्यु भएको थियो । नेकपा एमाले निकट युवा संघ नेपालले रंगेलीमा आयोजना गरेको कार्यक्रममा अवरोध पु¥याउन खोज्दा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपपछि मोरङमा तीन जनाको मृत्यु भएको हो ।

ranjeli
युवा संघको तराई मधेस जागरण अभियानमा अवरोध पु¥याउन मधेसी मोर्चाले आयोजना गरेको विरोध कार्यक्रम बीचमा सुरक्षार्थ खटिएका प्रहरी र मोर्चा कार्यकर्ता बीच झडप हुदा प्रहरीको गोली लागेर रंगेलीकी द्रौपदी चौधरीको घटनास्थल मै मृत्यु भएको थियो । यो घटनासंगै मोरङको बिभिन्न भागमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप दुई जनाले ज्यान गुमाएका थिए । मोरङको वनियानीमा सडक अवरोध गर्न खोज्दा प्रहरीको गोली लागेर शिवु माझीको मृत्यु भएको थियो भने उपचारको क्रममा महादेव ऋषिदेवको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागी ६ जना मोर्चाका कार्यकर्ताहरु घाइते भएका छन् । उनीहरुको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ । आज बिहानैदेखि रंगेलीमा ठुलो मात्रामा प्रहरी पलिचालन गरिएको छ।

LIVE TV