८ माघ २०७२, शुक्रबार

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ताको नाममा सरकार आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । उहाँले सरकारले मधेसी मोर्चाको आन्दोलनलाई दबाउने काम गरेकाले अब मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिनुभयो ।

Rajendra-mahato-1

सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता महतोले तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गर्नुभयो । उहाँले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने बताउनुभयो । उहाँले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग सम्बोधन गर्न ठुला तीन दललाई आग्रह पनि गर्नुभयो । मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन नभए देशमा ठूलो दुर्घटना घट्ने तर्फ संकेत गर्दै सद्भावना अध्यक्ष महतोले दुर्घट्ना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV