८ माघ २०७२, शुक्रबार

काठमाडौं – विद्यार्थीको रुपमा चिली पठाएर त्यहाँबाट अमेरिकन र युरोपियन मुलुक पुर्याउने आश्वासन दिई ठगी गरेको अभियोगमा प्रहरीले अहेड इन्टरनेशनलका सञ्चालक निरज राईलाई पक्राउ गरेको छ ।

chili

बानेश्वरमा रहेको कन्सल्टेन्सीबाट ४२ जना नेपाली विद्यार्थीलाई अध्ययनका लागि चिली पठाएर बिचल्लीमा पारेको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले राईलाई पक्राउ गरेको हो । प्रहरीले अदालतबाट म्याद लिएर ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अध्ययनका लागि चिली पठाएर त्यहाँ पार्टटाइम काम लगाइदिने र त्यहीँबाट अमेरिका, क्यानडालगायत मुलुकको भिसा लगाएर पठाउने भन्दै आश्वासन दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV