
राम्रोसँग चपाएको खानाले पाचन प्रक्रियामा मात्र सहयोग पुर्याउने भएकाले खाना खाँदा जहिले पनि बिस्तारै खानुहोस् । बिस्तारै खाँदा खानाको सन्तुष्टि मिल्छ ।
कतिपयको टेलिभिजन हेरेर खाने बानी हुन्छ ।
मानिसले अन्य विषयमा ध्यान दिएर खाँदा धेरै खान सक्छ । आफूले कति खाएँ भन्ने केही थाहा हुँदैन, न त खानाको स्वाद नै थाहा हुन्छ । तसर्थ, खाना खाँदा जहिले पनि ध्यान दिएर शान्तपूर्वक खानुपर्छ ।
धेरै खाँदा तपाईंको पेटमा भार मात्र हुने होइन कि अल्छी र कमजोर पनि बनाउँछ । भोक लागेपछि मात्र खानुहोस् । अरूले खाऊँ भन्दैमा वा कर गर्दैमा नखानुहोस् । पानी खाएर पनि केही समय भोकलाई शान्त पार्न सकिन्छ । तनाव बढ्दा कोर्टिसल र घेरलिन हर्मन निष्कासन हुन्छ अनि हामीलाई भोक बढाइदिन्छ । वैज्ञानिकका अनुसार हामी खुसी हुँदा भन्दा दुखी हुँदा यो हर्मन बढ्छ । मीठो देख्दैमा धेरै नखानुहोस् । खानाप्रतिको आशक्ति वा लोभ बिस्तारै घटाउनुहोस् । धेरै खानु आफैँमा रोग निम्त्याउनु भएकाले सन्तुलित र थोरै खानुहोस् । नयाँ पत्रिकाले छापेको छ ।