८ माघ २०७२, शुक्रबार

सुर्खेत, राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा सुर्खेतमा रहेका क्षेत्रीय कार्यालयका अधिकांश प्रमुखहरु महिनामा मुस्किलले एक हप्तामात्रै कार्यालयमा हाजिर हुने गरेको पाइएको छ ।

office_building

क्षेत्रीय प्रमुखहरु भक्ताका लागि अधिकांश समय काजमा बस्ने गरेको, तल्लो तहका कर्मचारी जानुपर्ने गोष्ठीमा पनि उनीहरु आफैं जाने गरेको, सार्वजनिक बिदाका दिन पनि काज बसेर भक्ता खाने गरेको भेटिएको छ।

यस्तो अनियमितता गर्नेका खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेको सतर्कता केन्द्रका उपसचिव शेरबहादुर ढुंगानाले बताए । सतर्कता केन्द्रले मध्यपश्चिम क्षेत्रीय सिँचाइ निर्देशक मुक्ति गौतम वर्षमा ५४ दिन मात्रै कार्यालयमा हाजिर भएको पाइएको बताएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV