८ माघ २०७२, शुक्रबार

काठमाडौं । सरकारले खोप खरिदमा गरेको लापरबाही र पाँच महिनादेखि जारी मधेस आन्दोलनका कारण खोप लगाउने कार्यक्रम प्रभावित भएपछि विभिन्न जिल्लामा दादुरा प्रकोप देखिएको छ ।

sirinj

यो वर्ष मात्र कपिलवस्तुसहित चार जिल्लामा दादुराबाट ९ बालबालिकाको ज्यान गइसकेको नागरिक दैनिकमा खबर छ ।

पछिल्ला दिनमा कपिलवस्तुमा मात्र ६ जना जना बालबालिकाकाले ज्यान गुमाएका छन् । पाँच दर्जनभन्दा बढी बालबालिका बिरामी छन् ।

डेढ दशकको नियमित खोप र विशेष प्रयासपछि सनु २०१६ मा निवारण गर्ने तयारीमा रहेको दादुरा फेरि देखिएको हो ।

बालमृत्युदरको प्रमुख कारक मानिने यो खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ ।

 

LIVE TV