८ माघ २०७२, शुक्रबार

हेटौंडा । अवैध लागूऔषध कारोबारीले गाँजासँगै अफिम खेतीमा लगानी गर्न थालेका छन् । गाँजा भन्दा मूल्य बढी आउनुका साथै थोरै जमिनमा लगाउन सकिने भएकाले भारतका कारोबारीले किसानमार्फत अफिम खेतीमा लगानी गर्न थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

afim

नामटारका सामाजिक कार्यकर्ता प्रकाश मैनालीका अनुसार नामटारमा मात्र गाँजा र अफिम खेतीमा दक्ष जनशक्तिको रुपमा काम गर्न पाँच टोलीमा १५ जना भारतीय खटिएका छन् । ‘उनीहरुले मध्यस्थकर्ताको काम गर्छन,’ मैनालीले भने ।

प्रहरीले यस वर्षमात्र ६४ बिघा १९ कठ्ठा अफिमको व्याड नस्ट गरेको जनाएको छ । प्रहरीले सुगम क्षेत्रका ब्याड नष्ट गरेपनि अझै धेरै ब्याड बाँकी रहेका छन् । चालु आर्थिक वर्षमा लागू औषध खेती गर्ने ११ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीको तथ्यांकमा उल्लेख छ ।

 

LIVE TV