८ माघ २०७२, शुक्रबार

काठमाडौं । सार्वजनिक जीवनको मान्यताविपरीत सरकारी उच्च पदबाट निवृत्त भई संवैधानिक पदमा बहाद व्यक्तिहरु अधिकांशले दोहोरो पेन्सन र सुविधा उपभोग गर्दै आएका छन् । राज्यकोषमा वाषिर्क रुपमा चर्को भार पार्ने गरी यस्तो सुविधा लिनेमा संवैधानिक पदमा निर्धारण अवधि पूरा गरेको प्रतिष्ठितहरु पनि रहेकोअन्नपूर्ण पोस्टमा खबर छ ।nepalimoney

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरु र कानुनद्वारा गठन भएका अन्य आयोगका केही अध्यक्ष तथा सदस्यहरु पनि राज्यकोष दोहन गर्दै सेवासुविधा भोग गर्नेमा परेका छन् ।

दोहोरो सुविधा लिएका एमाओवादीका तर्फबाट लोकसेवा आयोगको अध्यक्षका रुपमा पदावधि पूरा गरेकी कयोदेवी यमी, कांग्रेसका तर्फबाट सिफारिसमा परेका आयोगका सदस्य टीकादत्त निरौला र राजेन्द्रप्रसाद शाहले ६ वर्से संवैधानिक पदावधि पूरा गरेपछि थप पेन्सन माग गर्दै निवेदन दिएपछि यो प्रकरण सार्वजनिक भएको छ ।

 

LIVE TV