७ माघ २०७२, बिहीबार

बरिष्ठ संगीतकार रत्नबहादुर खड्गीको निधन भएको छ । फोक्सोको क्यान्सरसँग लडिरहेका खड्गीको बिहिबार त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा निधन भएको हो ।
विक्रम सम्वत २०११ सालदेखि रेडियो नेपालमा गीत गाउन सुरु गरेका खड्गी ‘बिबिसी’ मा गीत गाउने पहिलो नेपाली हुन् । उनी पछि गायकभन्दा बढी संगीतकारका रुपमा चिनिए । बाल्यकालदेखि नै नेवारी तथा नेपाली गीत गाउन सुरु गरेका खड्गीले सयभन्दा बढी गीतमा स्वर दिएका छन् भने हजारौं गीतको संगीत सिर्जना गरेका छन् । उनले झण्डै एक दर्जन गीत आफैंले लेखेका छन् ।

ratna bahadur  ratna-bahadur-khadgi
उनको संगीतमा नारायणगोपाल,प्रेमध्वज प्रधान,अरुणा लामा, बच्चुकैलास, तारादेवी, दिलमाया खाती, फत्तेमान, दीप श्रेष्ठ, आनन्द कार्कीदेखि नयाँ पुस्ताका प्राश्ना शाक्य, स्वरुपराज आचार्यसम्मका चर्चित गायकगायिकाले गीत गाएका छन् । आफ्नो संगीतमा जोकोहीले गीत गाउन नसक्ने मान्यताका रत्नबहादुरले सुरताल र गायकी राम्रोसँग सिकेर आएकाहरुलाई भने हिट खाने संगीत सिर्जना गरिदिन्थे । उनको संगीतमा अरुणा लामाले गाएको एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ बोलको गीत अझ बढी चर्चामा रहेको गीत मानिन्छ । पछिल्लो समय उनी नयाँ एल्बमका गीतहरुमा काम गर्दै थिए । उनको शवलाई विहीवार श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो भने उनको विहीवार नै अन्तिम दाहसंस्कार गरिएको छ ।

ratna

LIVE TV