
युकेमा बस्दै आएका विशाल गुरुङले अलझेको छ एलबमको म्युजिक भिडियो ल्याउन लागेका छन् । अहिले उनि गीतहरु रेकर्ड र म्युजिक भिडियो बनाउनका लागि नेपाल आएका छन् । उनले ल्याउन लागेको एल्बममा जम्मा आठ वटा गीतहरु समाबेश गरीएको छ ।
नयाँ युवाहरुले आफ्नो सपनाहरु पुरा गर्न नसक्दा फ्रस्टेशन हुने र निरन्तरता दिएपछि आफ्नो सपनाहरु साकार गर्न सकिने भावको गीतहरु रहेका गुरुङले बताएका छन् । त्यस्तै आफैले संगित दिएको एल्बमका गीतहरु पनि आफैले लेखेका छन्, साथै निश्चल र आषिशले पनि सहयोग गरेका विशाल गुरुङले बताएका छन् ।
गीत रेकर्ड तथा म्युजिक भिडियो बनाउन नेपाल आएका गुरुङ्गले आउन लागेका गीत पनि गाएर सुनाका थिए् । अल्झेको छ नामक एल्बममा विशाल गुरुङको शब्द, संगित तथा स्वर पनि गुरुङ्गकै रहेको छ । अब छिट्टै बजारमा आउन लागेको यस एल्बम तथा म्युजिक भिडियोलाई सबैले हेर्न र सुनिदिन पनि आग्रह गरेका छन् ।
यस एलबममा रहेको गीतको म्युजिक भिडियो लाई कसम नेपालले निर्देशन गरेका छन् भने क्यामेरा शिबराम श्रेष्ठले समालेका छन् । त्यस्तै सम्पादनमा उज्वल ढकालको रहेको छ ।