७ माघ २०७२, बिहीबार

 

बाराको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय सिमरा ४ औराहाले दानमा पाएको करोडौ मूल्य पर्ने एक विघा जग्गामा स्थानीय भुमाफियाले चलखेल गरेका छन् । पिपरा सिमरा गाविस ४ को साविक किता नं. ८१३ को एक विघा क्षेत्रफल भएको जग्गाामा भुमाफियाहरुले चलखेल गर्दै विक्री गरेको पाइएको हो ।

vlcsnap-2016-01-21-16h58m13s22 vlcsnap-2016-01-21-16h58m17s58

भुमाफियाहरुले प्रति कठा १५ लाख भन्दा बढी मूल्य पर्ने एक विघा जग्गालाई विद्यालयका प्राचार्य, अध्यक्ष, पुर्व अध्यक्षलाई मिलाएर आफनो नाममा पास गराएका हुन् । जग्गाको पुर्व र उत्तरमा सडक रहेकोले बढी मुल्यमा विक्री गर्ने नियतले विद्यालयका प्राचार्य गणेश पौडेल, व्यवस्थापन समितिका अध्यक्ष हृदयनारायण चौधरी, पुर्व अध्यक्ष सुन्दर विश्वकर्माको मिलोमतोमा भुमाफियाहरुले आफनो नाममा पास गराएका हुन् । भुमाफियाहरु कृष्णबहादुर श्रेष्ठ भन्ने कृष्ण श्रेष्ठ, ईच्छाबहादुर वाग्ले र कासिम मियाले सिमरा हाउजिङ्ग प्रालिको नाममा जग्गा पास गराएको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन् ।

vlcsnap-2016-01-21-16h58m29s181

विनोदविक्रम सिंह, प्रमोद विक्रम सिंह र छाया राज्यलक्ष्मी देवी राणाको संयुक्त नाममा रहेको जग्गा विद्यालयको नाममा गर्नको लागि सिमराका पकंज गुप्तालाई विक्री करारनामा दिएका थिए । गुप्ताले आफनो श्रीमती कविता कुमारी र बहिनी सुनिता गुप्ताको संयुक्त नाममा २०७० सालमा पास गर्दै पछि बहिनी र श्रीमतीको नामबाट भुमाफियाहरुलाई विद्यालयको जग्गा २०७२ जेष्ठमा बेचेको स्थानीय हरि थपलियाले बताउनुभयो । दान गरेको जग्गा विद्यालयलाई र बाकी जग्गाहरुलाई विक्री वितरण गर्नको लागि जग्गा धनीले गुप्तालाई दिएपनि गुप्ताले भने भुमाफिया श्रेष्ठ, वाग्ले र अंसारीका साथै विद्यालयका प्राचार्य, अध्यक्ष, पुर्व अध्यक्षलाई मिलाएर सिमरा हाउजिङ्गको नाममा एक विघा जग्गा पास गरेका हुन । जग्गा विक्री करारनामा पाएका गुप्ताले विद्यालयको जग्गा सिमरा हाउजिङ्गका सञ्चालक तथा अध्यक्ष श्रेष्ठ, सञ्चालक वाग्ले र मियासंग विक्री गरी उक्त जग्गाको साटो एकदमै कम ४० लाख मूल्य पर्ने बाहुनेखोलाको किनारासंग टासिएर रहेको जग्गा दिन थालेपछि स्थानीयबासिन्दाहरु त्यसको विरोधमा उत्रेका छन् ।

vlcsnap-2016-01-21-16h58m23s118

स्थानीय बासिन्दाहरुले संघर्ष समिति बनाउदै जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिदै पुनरावेदन अदालत हेटौडामा गराएको रिटलाई खारेज गरेपछि यतिखेर उनीहरु पहिलाकै जग्गामा पाल टांगेर धर्नामा बस्ने तयारीमा लागेका छन् । बिचौलीयाहरुले विद्यालयको जग्गा विक्री गरेको स्थानीयले बताएका छन् ।

 

LIVE TV