७ माघ २०७२, बिहीबार

नेपाली फिल्म उद्योगमा फिल्महरु बन्ने काम तिब्र रुपमा अगाडि बडिरहेका छन् । त्यासोत बजरंगी फिल्म पनि यहि माघको अन्तिमबाट छायांकन सुरु गरीने भएको छ । रोमान्स र एक्सन रहने उक्त फिल्मलाई थाईल्याण्को बैंकक र नेपालको केहि दृश्यहरुमा सुटिङ्ग गरीने भएको छ । निर्माण हुन लागेको फिल्म बजरंगी लाई दयाराम दाहालले निर्देशन गर्ने भएका छन् । यो भन्दा पहिले पनि दयाराम दाहालले लुटेरा फिल्मको निर्देशन गरेका थिए । यस फिल्मले पनि राम्रो व्यापार गर्नुका साथै बक्स अफिसमा रेकर्ड बनाएको थियो ।


निर्माता एवं नायक प्रशान्त गिरीले नीशालाई बजरंगी फिल्ममा मुख्य नायिकाको रुपमा पक्का गरीसकेको खुलासा गरेका हुन् । त्यस्तै निर्देशक दाहालका अनुसार अर्को नयाँ कलाकार पनि फिल्म क्षेत्रमा ल्याउने भएको बताएका छन् । लुटेरा फिल्मबाट निकै चर्चामा आएका निशा यस फिल्ममा आउने पनि पक्का भईसकेकी छिन् । त्यस्तै दयाराम दाहालले नै बजरंगी फिल्मको निर्देशन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV