७ माघ २०७२, बिहीबार

 

अहिले फिल्मका निर्माताहरुले दर्शकहरुलाई हलसम्म तान्नका लागि विभिन्न नयाँ प्रचारशैलिहरु अपनाईरहेका छन् । केहि साता अघि मात्र फिल्म काफल पाक्यो र बागमतिले नयाँ प्रचारशैलि अपनाएका थिए । त्यस्तै सुपरहिट फिल्मले पनि नयाँ प्रचारशैलि अपनाएको छ ।
माघको २२ मा रीलिज गरीने फिल्म सुपरहिटले उत्कृष्ट तिन दर्शकहरुलाई बिनिता बराल सँग अमेरीकाको प्रेमियर शोमा लैजाने फिल्मका निर्देशक सौरभ ढकालले बताएका छन् ।

त्यस्को लागि केहि सर्तहरु पनि ल्याएका छन् । जस्मा, नेपाली कलाकारहरुको जोक्स् बनाएर वाmमा पोष्ट गर्नुपर्ने बताएका छन् । त्यस पोष्टलाई सर्बाधिक लाईक, कमेन्ट,सेयर पाउनेहरुको नामलिस्टलाई लक्कि ड्र मार्फत उत्कृष्ट तिन जनालाई अमेरीका बिनिता बराल सँग लैलाने फिल्मका सौरभ ढकालले बताएका हुन् ।

मुभि ईन्फिनिटि क्रियशन र अरुण थापाको प्रस्तुतिमा सौरभ र नीराजनले सुपरहिट फिल्मलाई निर्देशन गरेका छन् । सुर्य थापाको द्वन्द रेहेको यस फिल्ममा सुरेश राईको संगित रहेको छ । बिनिता बरालका साथै दिव्य देव,शीसिर राण मन्जु श्रेष्ठ लागाएतले अभिनय गरेका छन् । यहि माघको २२ बाट सुपरहिट फिल्म नेपालको ३५ भन्दा बढि हलहरुमा लाग्ने भएको छ ।

LIVE TV