
बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिस प्रतियोगीतामा विश्व वरीयताको दोस्रो स्थानमा रहेका बेलायती एन्डी मुर्रेले जीत हात पारेका छन् । उनले प्रतिद्धन्दि श्याम ग्रोथलार्ई सोझो सेटमा पराजित गरेका थिए ।

अष्ट्रेलियाको मेलबर्न पार्कमा जारी वर्षको पहिलो ग्राण्डस्लाम प्रतियोगीता अन्तरगत विहीवार भएको खेलमा मुर्रे अस्टे«लियन श्याम ग्रोथलाई ६–०, ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । यी दुईको खेल मात्र एक घण्टा ३० मिनेट चलेको थियो । २८ वर्षिय उपाधि दावेदार मुर्रेले अब तेस्रो चरण प्रवेशका लागी र्पोचुगलका जोआओ सौसासगं भिड्नेछन् । त्यस्तै विहीवार नै भएका अन्य खेलमा अमेरिकी खेलाडी जोन ईन्सरले स्पेनका ग्रानोलर्स प्रोजोललाई तिन शुन्यको सेटमा हराएका छन् ।