
एफएकप फुटबल प्रतियोगितामा टोटेनह्याम हर्सपरले जीत हात पार्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति ईल्याण्डमा भएको खेलमा टोटेनह्याम हर्सपरले जारी प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिसेष्टर सिटीलाई दुई शून्य गोल अन्तरले पराजित गरेको हो ।
टोेटेनहम हर्सपरको लागि खेलको पहिलो हाफमा कोरियाली फर्वाड सोन हुईन मिङले गोलको खाता खोलेका थिए । पहिलो हाफ सम्म एक गोलले पछि परेको लिसेष्टर सिटीले दोस्रो हाफमा पुनः दोस्रो गोल व्यहोर्दै स्तब्ध हुनुप¥यो । टोटेनहयमका लागि दोस्रो गोल भने सोन हुईन मिङको पासमा नासिर चाड्लीले खेलको ६६ औ मिनेटमा गोल गरेका थिए । पराजित लिसेष्टर सिटिले प्रतियोगितामा गोल गर्ने केहि मौका पाए पनि सदुपयोग भने गर्न सकेन । खेलमा टोटनहमको ६० प्रतिशत पोजिशन कायम गरेको थियोभने लिसेस्टर सिटिको ४० प्रतिशत पोजिशन कायम गरेको थियो ।