
उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले पेट्रोलियम पदार्थको वितरण प्रभावकारी बनाउन सरकारले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको बताउनुभएको छ । उपभोक्ताका लागि आधा सिलिण्डर ग्याँस पर्याप्त नभएको विषयमा पनि सरकारको ध्यानाकर्षण भएको उहाँको भनाई छ । अव केही दिनमै उपभोक्ताले भरी सिलिण्डर ग्याँस पाउने भन्दै उहाँले पेट्रोलियम पदार्थ पनि सहज हुने दावी गर्नुभयो ।