६ माघ २०७२, बुधबार

सुरक्षा निकायले जनशक्ति अभाव देखाउँदै शान्ति सुरक्षामा कठिनाई भएको बताईरहेको बेला सात हजार सिपाही घरेलु कामदारको रुपमा खटाईएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनुसन्धानको क्रममा उच्च सुरक्षा अधिकृत, नेता तथा प्रशासकहरुको घरमा सिपाहीहरुलाई नितान्त निजी काममा प्रयोग गरेको पाइएको तथ्य खुलेको हो ।

vlcsnap-2016-01-20-18h05m20s063
महानगरीय प्रहरी आयुक्तको कार्यालयले बुधबार आयोजना गरेको अन्र्तक्रियामा सांसदहरुले सुरक्षा निकायमा देश र जनताका लागि खटिएको सिपाहीको चरम दुरुपयोग भइरहेको विषय उठेको हो । उच्च सुरक्षा अधिकृत, नेता तथा प्रशासकहरुले सात हजार सिपाहीलाई खाना पकाउने, भाँडा माझ्नेदेखि परिवार तथा आफन्तको समेत कपडा धुने र स्याहार सुसारमा प्रयोग गरेको पाइएको नेपाली काँग्रेसका सांसद् राजन केसीले बताउनुभयो । आफु सहितका केही सांसद्ले गरेको खोजीका क्रममा राज्य सेवक सुरक्षाकर्मीको व्यापक दुरुपयोग भइरहेको पाएको भन्दै तत्काल फिर्ता गर्न माग गर्नुभयो । बाइट
सांसद् केसीले उच्च सुरक्षा अधिकृत, नेता तथा प्रशासकले घरमा राखेका सिपाहीलाई फिर्ता नपठाए संसदमा आवाज उठाईने चेतावनी समेत दिनुभयो । ७ हजार सिपाहीलाई घरेलु कामदार बनाईदा राज्य स्रोतको ७ अर्व रुपैंया दोहन भएको उहाँको जिकिर छ । आयुक्तको कार्यालयले उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसद् तथा अन्य सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको थियो । उपत्यकाका संसदहरुले झ्याल ढोका थुनेर सुरक्षाको अनुभुति नहुने भन्दै रात्रि व्यवशाय सञ्चालनका लागि सुरक्षा मिलाउन प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले पाँच मिनेटमै घटनास्थलमा पुग्ने दावी गरेपनि उपत्यकाका ग्रामीण भेगमा घण्टौँसम्म पनि प्रहरीको पहुँच नपुगेको आरोप लगाए । सांसद्हरुले पछिल्ला समय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले र काठमाडौं प्रमुख विक्रमसिंह थापाले राष्ट्रिय स्वाभिमान तथा कालोबजारी र विकृति विसंगतिलाई निरुत्साहित गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै उनिहरुलाई सम्मान गर्न सरकारसँग माग गरेका थिए । कार्यक्रममा महानगरीय प्रहरीले यो वर्ष उपत्यकामा १२ प्रतिशतले अपराध नियन्त्रणमा आएको तथ्याङ्क सार्वजनिक गरेको थियो । अन्य सरोकारवालाहरुले भने प्रहरीलाई नेताको प्रभावमा परी अधिकारको दुरुपयोग नगर्न र नेतालाई प्रहरीलाई प्रयोग गरि अनुचित काम नगराउन सचेत गराएका थिए ।

LIVE TV