६ माघ २०७२, बुधबार

फागुन सातको रीलिज डेट टार्गेट गर्दै अर्को फिल्मले पनि प्रोमो सार्बजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै फिल्म को आफ्नोले प्रोमो सार्वजनिक गरेका हुन् ।
को आफ्नो फिल्मलाई अनिल थापाले निर्देशन गरेका छन्, त्यस्तै लेखन र निर्माण पनि थापाले नै गरेका हुन् । निमेश श्रेष्ठको सम्पादनमा शैलेन्द्र दी. कार्कीको सिनेमाटोग्राफि रहेको छ ।

vlcsnap-3278-02-03-08h52m18s453 vlcsnap-4174-04-07-05h37m58s242
सामाजिक कथाबस्तुमा आधारीत यो फिल्ममा एडपटेड बच्चाको दुई जोडि बाबु आमाको कथा बस्तुलाई देखाउन खोजिएको छ । रीचा शर्मा र सुशान्त मैनालीले गाउँले गरीब जोडिको भुमिकामा अभिनय गरेको छन् । त्यस्तै राजन खतिवडा र शान्ति गिरीले काठमाडौंको बासिन्दाको भुमिकामा अभिनय गरेका छन् । यस फिल्ममा रीचा शर्मा ,सुशाङ्क मैनाली, सुवास थापा, मेनुका प्रधान, राजन खतिवडा, शान्ती गिरी, सुदाम के.सि., सुलक्ष्ण भारती, प्रकास घिमिरे लगाएतले अभिनय गरेका छन् । एडपटेड बच्चाको दुई जोडि बाबु आमाको कथा बस्तुलाई लिएर निर्माण गरीएको फिल्म २ घण्टा १२ मिनेट लामो रहेको छ ।

 

vlcsnap-8442-09-02-14h57m00s595vlcsnap-7724-01-22-07h33m30s380
गत डिसेम्बर ५ मा बेभर्ली हिल्स फाईन् आर्टस थिएटरमा प्रिमियर शो पनि गरीएको थियो । त्यस प्रिमियर शोबाट को आफ्नो फिल्मले धेरै राम्रो प्रतिकृया पाएको छ । यस फिल्मलाई आउँदो फेब्रुअरिको १९ बाट देशभर भव्यरुपमा प्रदर्शन गरीने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV