
नेपाली फिल्म उद्योगमा गहिरो छाप लागाईसकेका कलाकारहरुले बलिउड फिल्म क्षेत्रमा पनि अभिनयको सुरुवात केहि समयअघि देखि गर्दै आएका छन् । नेपाली टेलि सिरीयल मैरी बास्सै का तोक्मे बुढा नामले चर्चित हाँस्या कलाकार विल्सन बिक्रम राईले पनि बलिउड फिल्ममा काम गरीरहेका छन् । बलिउडका नायिका बिपाशा वासुका साथमा उनले अभिनय गरीरहेका बताएका छन् ।
उक्त फिल्ममा विल्सनले आफ्नो भुमिकाको बारेमा भने केहि खुलाएका छैनन् । यस फिल्ममा विल्सनका साथै सुनिल थापाले पनि अभिनय गरीराखेको छन् ।
निर्माण हुदै गरेको फिल्मको निर्देशक विनय शर्माले आफ्नो फेसबुकमा विल्सनको तारीफ गरेको छन् । उनले आफ्नो अर्को सेड्युलमा पनि विल्सन सँग काम गर्न उत्साहि भएको बताउँदै विल्सन सँगको फोटो आफ्नो फेसबुकमा सेयर गरेका छन् । नेपाली फिल्म क्षेत्रका सुपरस्टारहरु सँग काम गर्न लागेको निर्देशक विनय शर्माले फेसबुक र ट्विटर मार्फत जानकारी दिएका हुन् । यो भन्दा पहिले पनि सुनिल थापाले मेरी कोम फिल्ममा अभिनय गरेर निकै चर्चा कामएका थिए । विल्सन विक्रम राई भन्दा पहिले पनि सुनिल थापा, मनिषा कोईराला, गोपाल भुटानी लगाएतका नेपाली कलाकारहरुले बलिउडमा काम गरीसकेका छन् ।