६ माघ २०७२, बुधबार

अधिकांस नेपाली फिल्म उद्योगका नायिका तथा मोडलिङ्गमा व्यस्त मोडलहरुले विदेशी युवाहरुसँग बिहे गरेका देखिन्छन् । मोडल तथा नायिकाहरुको रोजाईमा नेपालका युवासँग पे्रम गरे पनि बिदेशी युवाहरुसँग बिहे गरीरहेका छन् । मोडल तथा नायिका रीमा विश्व कर्माले पनि यसै वर्ष बिहे गरीन् । नेपालकै युवकसँग प्रेममा परेकी रीमाले पनि बिहे गर्दा चाँहि एनआरएन लाई नै रोजेकी छिन् । यसै क्रममा अब उनि पनि युके तिर नै बस्ने भएकी छिन् ।

 
गत आइतबार मात्र मोडल सिम्पल खनालले पनि युकेका एनआरएन नदिन सँग सुटुक्क बैबाहिक सम्बन्धमा बाँधिएकी छिन् । आफ्नो परिवार र केहि आफन्तहरुको उपस्थितिमा मोडल सिम्पलले नदिन सँग सुटुक्क बिहे गरेकी हुन् । म्युजिक भिडियोका निर्देशक प्रसन्न पौडेल सँग सम्बन्ध बिच्छेद गरेकी सिम्पलले नदिनलाई दोस्रो श्रीमानको रुपमा रोजेकी हुन् ।


त्यस्तै पुर्व मिस नेपाल तथा नायिका झरना बज्रचार्यले पनि भारतिय मुलका मलेसियन व्यापारी राहुल अग्रवाल संँग बिहे गरेकी थिईन् । सेफ ल्याण्डिङ फिल्मको सुटिङको त्रममा उनिहरुको पे्रम सुरु भएको थियो । यस्तै अन्य नेपाली नायिकाहरु हर्षिका श्रेष्ठ, विपना थापा आदीले पनि भरतकै युवकहरु सँग विहे गरेका छन् ।
झोला फिल्मबाट निकै चर्चामा आएका नायिका गरीमा पन्तले पनि बेल्जियमका एनआरएन सँग सुटुक्क बिहे गरेकी छिन् । बेल्जियम पुगेर घरजम गर्न थालेकी गरीमाले हरि शर्मा थपलिया सँग बिहे गरेकी हुन् । करिब २ वर्ष अगाडि नायिका नन्दिता के.सि. सँग युरोप घुम्न जाँदा उनिहरुको भेट भएको थियो ।


यसअघि नायिका रेजिना उप्रतिले पनि युकेका युवक सँग नै बिहे गरेकी थिईन् । त्यस्तै सदावहार नायिका करिस्मा मानन्धरको पति बिनोद मानन्धर पनि लण्डनमै बस्थे । अधिकांस रुपमा नेपाली नायिकाहरुले बिहे गर्दा एनआरएन लाई नै रोजेका छन् । त्यस्तै कुनै कार्यक्रमको शिलसिलामा बिदेश पुगेका पनि उतै भासिएको छन् । यस तथ्यांकलाई मनन् गर्दा नेपाली नायिकाहरुले नेपाली युवाहरु सँग पे्रम गरेपनि बिहे चाँहि बिदेशि युवाहरु सँग गरेका देखिन्छन् । अन्तमा नेपाली मोडल तथा नायिकाहरुले नेपालमै बसौं भन्ने सोच चाँहि नरहेको देखिएको छ ।

LIVE TV