
कांग्रेसको १३औँ महाधिवेशन २० देखि २३ फागुनमा काठमाडौंमा हुँदै छ । महाधिवेशन हुन डेढ महिना बाँकी रहँदा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार को हुने भन्ने अन्योल छ । वरिष्ठ नेता शेरबहादुर देउवा भने उम्मेदवार बन्ने टुंगिएको छ । सभापति सुशील कोइराला गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनपछि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।
तर, उपसभापति रामचन्द्र पौडेलले पनि संस्थापन पक्षबाट सभापतिको उम्मेदवार आफू नै भएको बताउँदै आएका छन् । कृष्ण सिटौला र सुजाता कोइरालाले पनि सुशीलले आफ्नो लागि ठाउा छाड्नुपर्छ भन्दै आएका छन् । १२औँ महाधिवेशनमा यस्तो थियो अंकगणित कांग्रेसको ०६७ असोजमा भएको १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित सुशील कोइरालाले १६५२ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत पाएका थिए । अर्का उम्मेदवार भीमबहादुर तामाङले ७८ मत प्राप्त गरेका थिए । ८५ सदस्यीय केन्द्रीय समितिमा निर्वाचन भएका ६४ पदमा संस्थापनबाट ३३ र देउवा पक्षबाट २९ सदस्य निर्वाचित भएका थिए । त्यसयताका पाँच वर्षमा केही केन्द्रीय सदस्यले गुट फेरबदल गरेका छन् ।
निर्वाचित केन्द्रीय सदस्यमध्ये दीपकुमार उपाध्याय र कुलबहादुर गुरुङ कुनै समूहमा खुलेका थिएनन् । सभापतिले २१ सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ । संस्थापनका असन्तुष्ट सभापति सुशील कोइरालाप्रति उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल र धनराज गुरुङ असन्तुष्ट छन् । सूर्यमान गुरुङ, उमाकान्त चौधरी पनि कोइरालासँग असन्तुष्ट रहेको स्रोतको दाबी छ । कोइरालासाग लामो समयदेखि असन्तुष्ट अर्जुननरसिंह केसी देउवासाग नजिकिएका छन् । केसी मात्र होइन सिटौलालाई समेत देउवाले आफूतर्फ तान्ने कोसिस गरिरहेका छन् । उनीहरूलाई महत्त्वपूर्ण पदको उम्मेदवार बनाउन देउवालाई समस्या छैन । देउवा पक्षका असन्तुष्ट आगामी महाधिवेशनमा पदाधिकारीका आकांक्षी पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, विमलेन्द्र निधि देउवासँग असन्तुष्ट छन् । मधेसको मुद्दामा निधिले निरन्तर फरक मत राख्दै आएका छन् ।
त्यसमा साथ नपाएकोमा उनी देउवासाग दु:खी छन् । त्यसमाथि देउवाले अर्जुननरसिंह केसीदेखि सिटौलासम्मलाई आफ्नो समूहमा ल्याउने प्रयास गरेकाले निधि र खड्काद्वय सशंकित छन् । उनीहरू तीनैजना महामन्त्रीका दाबेदार हुन् । त्यस्तै शंकर भण्डारी पनि असन्तुष्ट छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।