६ माघ २०७२, बुधबार

आजसम्म साह्रै आपतसँग बसेँ उनीहरुले मागेको पैसा पनि दिएको छु, अहिले मलाई २ जना साथीहरुले पाकिस्तानको बोर्डरसम्म पुर्‍याइदिन्छु भनेका छन्। पाकिस्तान प्रवेश गरेपछि त्यहीको सिम किन्न पाए भने फोन गर्छु पाइनँ भने भारत पुगेपछि मात्रै फोन गर्छु है।’

afagans

गत पुस १० गते अफगानिस्तानमा अलपत्र परेका श्रीमान सुकबहादुर सुनारले फोनमा गरेका कुरा धादिङको दार्खा–३ की प्रमिला सुनाको कानमै गुन्जिरहेको छ। तर त्यो दिनखदेखि श्रीमान फेरि सम्पर्कमा नआएपछि उनी श्रीमानको खोजीमा सहयोग गरिदिन सदरमुकाम चहारिरहेकी छिन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

 

गएको फागुन २२ गते भारतको बाटो हुँदै बैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका धादिङ दार्खाका सुकबहादुर सुनार पुस १० गतेदेखि बेपत्ता भएपछि उनको खोजी गरिदिन परिवारले आग्रह गरेका छन्।

 

धादिङकै दलाल कालबहादुर खातीलाई चार लाख ५० हजार बुझाएर राम्रो कमाई हुने आशामा काम गर्न फागुन २२ गते सुकबहादुर भारतको बाटो हुँदै अफगानिस्तान गएका थिए। तर त्यहाँ लामो समय बस्दा पनि काम नपाएको र थुप्रै यातना पाएपछि घर फर्किन्छु भनेर फोन गरेका श्रीमान आजसम्म सम्पर्कमा नआएपछि उनको परिवारको विचल्ली भएको छ।

 

LIVE TV