६ माघ २०७२, बुधबार

वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका २५ नेपाली ठगी अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । इन्टरपोलको नेपाल समन्वय शाखा (एनसिबी)ले सार्वजनिक गरेको २०१६ जनवरी १२ सम्मको सूचीअनुसार रेडकर्नरमा परेका अधिकांश नेपालीमाथि ठगीको अभियोग छ। नागरिक दैनिकमा समाचार छ।

notice

युएई, कतार, साउदी अरेबिया र बहराइन सरकारको आग्रहमा इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई पक्राउका लागि रेडकर्नर नोटिस जारी गरेको हो। सबैभन्दा धेरै यूएई सरकारको आग्रहमा नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ।

 

एनसिबीले सार्वजनिक गरेको सूचीअनुसार यूएई सरकारको आग्रहमा १५ नेपाली विरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।

 

कतार सरकारको आग्रहमा ६, साउदी अरेबियाको आग्रहमा ३ र बहराइनको आग्रहमा एक नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। खाडी मुलुकको आग्रहमा रेडकर्नरमा परेका २५ नेपालीमाथि ठगीको अभियोग छ।

 

केही नेपालीमाथि लागेको आरोप अरेबिक भाषामा रहेकाले खुल्न सकेको छैन।

 

LIVE TV