६ माघ २०७२, बुधबार

भक्तपुर । कांग्रेसले मरेका, पार्टी परित्याग गरेका तथा फारम नै नभरेकालाई समेत क्रियाशिल सदस्यको सूचीमा प्रकाशित गरेपछि भक्तपुर कांग्रेसमा खैलाबैला मच्चिएको छ । भक्तपुर कांग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक र धेरै संख्यामा क्रियाशील सदस्यको सूची आएपछि खैलाबैला भएको हो ।

kangreshflag

कांग्रेसका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले जिल्लाले निर्णय गरेर पठाएको भन्दा धेरै फरक क्रियाशिलहरुको सूची सार्वजनिक भएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

भक्तपुर बालकोट गाविस ९ बस्ने थीरकुमारी काकीको ६ वर्षअघि मृत्यु भएको थियो । तर, कांग्रेसको क्रियाशील सदस्यको सूचीमा उनको नाम परेको छ । ‘थीरकुमारी कार्की त प्रतिनिधि पात्रमात्रै हुन,’ चक्रधरले भने, ‘अन्य पाँच, छजना पनि मरेका व्यक्तिहरुको नाम समेत क्रियाशील सदस्यमा रहेको छ ।’

हाल राप्रपा नेपालको भक्तपुर जिल्ला सचिव रहेका मकुन्द कार्कीको नाम पनि कांग्रेसको क्रियाशील सदस्यमा आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV