५ माघ २०७२, मंगलवार

अझै पनि जंगललाई नै आफ्नो संसार ठान्दै आउँने समुदाय वा जातिमा पर्छन् राउटे । खोलाको तिरमा बसोवास गर्दै आएका राउटे समुदायलाई जाडोको समयमा भने निकै दुख दिने गरेको छ । एकसरो कपडाले जाडो छल्न निकै गा्रहो पर्दा दैलेखका विभिन्न जंगलमा बस्दै आएका राउटे समुदायलाई हुनसम्मको सास्ती भएको छ ।

vlcsnap-5406-02-25-15h51m02s873
चिसोका कारण राउटे समुदायका कतिपय बृद्ध र बालबालिकाहरु बिरामी समेत पर्न थालेका छन् ।समुदायका सवैलाई चिसोले सताएको बताउँदै राउटे मुखिया मिनबहादुर शाहीले कम्बल, पाल, चामल, चप्पल र जुत्ता भए राम्रो हुने अपेक्षा गरे । चिसोले बालबालिका, बृद्ध, महिलाहरुलाई धेरै समस्या भएको छ । युवा र पुरुष राउटेहरुले चिसो कटाउनका लागि पछिल्लो समयमा धुम्रपान र मध्यपानलाई समेत बढी महत्व दिन थालेका छन् । दैलेखकै लकान्द्र र तिलेपाटा गाविसमा मुखिया सहित छुट्टिएका राउटे अहिले भने एकै ठाउँमा बस्न थालेका छन् । दैलेखकै कर्णाली राजमार्ग अन्र्तगत सिंगौडी गाविसको वडा नं. ८ मा बसोवास गरिरहेका राउटे समुदाय खोलाको खोच, घाम नालग्ने स्थान र चिसो हावाले झनै समस्या पार्न थालेपछि पारिलो घाम लाग्ने स्थान खोज्दै यसै सातादेखि अछामको रानीवन गाविस नजिकको जंगलमा बसाई सरेका छन् । लोपन्मुख जातिको रुपमा रहेका राउटे समुदाय बिशेष गरेर दैलेख जिल्लाका बिभिन्न भू – भागहरु र मध्यपश्चिमका बिभिन्न स्थानहरुमा बसोवास गर्ने गर्दछन् । आफूले निर्माण गरेका कोशी, मधुस, वाकस जस्ता सामाग्रीहरु पैसा र अन्नसंग साटेर जीविको पार्जन गर्दै दिनरात छाप्रोमै विताउने राउटे समुदायलाई उचित बासस्थान, आहार बिहार, खानपान र न्यानो कपडा जस्ता समस्याले सँधै पिरोल्दै आएको छ । दैलेखमा अहिले ५० घर परिवारका करिव १५५ जना राउटेहरु रहेका छन् ।

LIVE TV