५ माघ २०७२, मंगलवार

नेपाल बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा भएको सेमिफाइनलमा खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

NEPVSMAL
नेपाललाई फाइनलमा र्पुयाउन नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गरे । उनले ३१ औं, ६२ औं र इन्जुरी समयमा गोल गरेका थिए । विशाल राईले एक गोल गरे । माल्दिभ्सका निसेदले ७७ औं मिनेटमा एक गोल फर्काए । नेपालले माल्दिभ्समाथि पाएको यो जित पछिल्लो ६ खेलमा पहिलो हो । १७ वर्षपछि माल्दिभ्स नेपालसँग हारेको हो । यसअघि नेपालले सन् १९९९ को दक्षिण एशियाली खेलकुदमा माल्दिभ्सलाई हराएको थियो । १७ वर्षपछि बंगबन्धु गोल्डकप खेलेको नेपालले समूह चरणका ३ खेलमा एक मात्र गोल गरेपनि विपक्षी टिमलाई गोल गर्नबाट रोकेपछि सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा भने माल्दिभ्सविरुद्ध गोल पनि गरेर नेपाली युवा खेलाडीले समर्थकको मन जितेका छन् ।
यो प्रतियोगितामा बिमल घर्ती मगरको श्रीलंकाविरद्ध गोल गरेपछि नेपालले २८ महिनापछि फुटबलमा पहिलो जितको स्वाद पाएको थियो । २८ महिनामा १२ खेल खेलेपनि नेपालले कुनै खेल जित्न सकेको थिएन । नेपालले लगातार १० वटा खेलमा त एक गोल पनि गर्न सकेको थिएन । नेपालले उपाधिका लागि आउँदो शुत्रबार बहराईको २३ वर्षमुनिको टोलीसित प्रतिस्पर्धा गर्ने छ । बहराईन आयोजक बंगलादेशलाई हराउँदै फाइनलमा पुगेको हो ।

LIVE TV