५ माघ २०७२, मंगलवार

डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोगको खतरालाई कम गर्नमा व्यायामले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सकहरुको भनाई छ । उनीहरुले डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोग हुने खतरा अत्यधिक हुने बताएका छन् । नियमित व्यायाम गरे मुटुरोगी डिप्रेशनबाट जोगिन सक्ने चिकित्सकहरुको दावी छ ।

HEART

मुटुरोगीलाई निरन्तर व्यायामको आवश्यकता पर्दछ । चिकित्सकहरुका अनुसार हृदयरोगीहरुमा डिप्रेसनको समस्याले घातक परिणाम निम्त्याउने गर्छ । संसारभर उपचाररत हृदयाघात पीडितमध्ये २० प्रतिशतमा डिप्रेसनको लक्षण देखिने गरेको छ । साथै मुटु सम्बन्धी रोगीहरु अन्य सामान्य मानिसहरु भन्दा डिप्रसनबाट ग्रसित हुने खतरा तिन गुणा बढि हुने पाइएको छ । अमेरिकाको एमोरी युनिभर्सिटी हस्पिटलका शोधकर्ताहरुले मुटुरोग तथा डिप्रेसनबीचको सम्बन्धका बारेमा विस्तृत अध्ययन गरेका छन् । शोधर्ताहरुले कुल ९ सय ६५ जना मानिसमा अध्ययन गरे जसलाई मुटुको रोग थिएन र अन्य कुनै खालको गम्भीर स्वास्थ्य समस्या पनि थिएन । तर डिप्रेसनको लक्षण देखा पर्दा त्यसले मुटु सम्बन्धी समस्या समेत बढाउने र मुटु सम्बन्धी समस्या देखा पर्दा त्यसले डिप्रेसनको समस्यालाई बढाउने अन्तरसम्बन्ध शोधकर्ताहरुले पत्ता लगाएका छन् ।
शोधकर्ताहरुका अनुसार व्यायामले मुटुरोगीहरुमा सकारात्मक प्रभाव पार्दछ । खासगरी डिप्रेसनको समस्या भएका मानिसहरुमा मुटुरोगको खतरा कम गर्नका लागि समेत व्यायाम प्रभावकारी हुने शोधले देखाएको छ ।

LIVE TV