५ माघ २०७२, मंगलवार

मंगलवार शेयर बजार ० दशलव ६ अकंले घटेर १ हजार २ सय १३ दशमलव ७१ ऋकंमा कारोवार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । सोमबार हालसम्मकै उच्च अंक १ हजार २ सय १४ अंकमा पुगेको बजारमा मंगलवार ० दशमलव ६ अंकले गिरावट आएको हो । मंगलवार कूल ८९ कम्पनीका ६ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ । रकमका आधारमा ४२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको नेप्सेले जनाएको छ । आज कुनै पनि समूहमा ठूलो उथलपुथल देखिएन। विकास बैंक, हाइड्रो, फाइनान्स, बिमा समूह धनात्मक रहे। बैंकिङ, होटल र उत्पादन समूह भने नकारात्मक सूचकमा रहे । कारोवार कम्पनीहरुमध्ये ग्लोबल आईएमई बैंकको ४ करोड ३९ लाख रुपैयाँको उच्च कारोवार भयो। त्यस्तै सानिमा बैंकको २ करोड ४९ लाख, एभरेष्ट बैंकको २ करोड ४४ लाख, प्राइम लाइफ इन्स्योरेन्सको २ करोड १८ लाख र शिखर इन्स्योरेन्सको २ करोड रुपैयाँ बराबरको सेयर कारोवार भएको छ । ४ वटा कम्पनीका लगानीकर्ताले उच्च सेयर मूल्य कमाए। फस्ट फाइक्रोफाइनान्स, सुभेच्छा विकास बैंक, अरुण भ्याली हाइड्रो र नेसनल हाइड्रोका लगानीकर्ताले साढे ९ प्रतिशतभन्दा बढी सेयर मूल्य कमाए ।
share

LIVE TV