५ माघ २०७२, मंगलवार

पूर्वको धरानमा छथरे समाजले संचालन गरेको संग्रहालय पछिल्लो पटक अध्ययन गर्ने थलोको रुपमा विकसित भएको छ । पूर्वमा वसोवास गर्ने लिम्वू र लिम्वू जातिसंग सम्वन्धित विभिन्न लालमोहर, कागजपत्र र सामग्री राखिएको सो संग्रहालय अहिले धरान पुग्ने जो कोहीका लागि पनि आर्कषकको थलो वन्न थालेको छ । पूर्वको सुन्दर नगरी धरान उपमहानगरपालिकामा वसोवास गर्ने छथरे लिम्वूहरुको संस्था हो छथरे समाज । धरानमा वसोवास गर्ने छथरे लिम्वूहरुले मर्दा पर्दा एक अर्कामा चिनजान र सहयोग होस भनेर स्थापना गरेको छथरे समाज धरानले केही समय यता आफनै निजी लगानीमा सानबहादुर कुमती खजुम पारघरी छथरे समाज संग्रहालय संचालनमा ल्याएको छ । यसरी लिम्वू जातिसंग सम्वन्धित सामग्रीहरु संकलन गरिएर राखिएको कारण पनि अरु संग्रहालयको तुलनामा फरक रहेको लिम्वू मुन्धुम विज्ञ भरत तुङ्घङको भनाई छ ।
लिम्वू जातिले प्रयोग गरेका हात हतियार, त्यसमा पनि नेपालका अन्य सरकारी संग्रहालयमा समेत नभएको चेप्सा, गौरी गाईको सिङ, लिम्वूसंग सम्वन्धित पुरानो लालमोहरहरु राखिएको छ । यसले गर्दा पनि अरु संग्रहालयको तुलनामा यो संग्रहालय अध्ययनकर्ताहरुको लागि महत्वपूर्ण हुने बताउनुहुन्छ लिम्वू जातिको प्रथा जनित कानुन विषयमा विद्यावारिधि गगिरहनु भएका वुद्धिजीवी कमल तिगेला । नेपालका नाम चलेका सरकारी संग्रहालयमा नभएका र नपाईएका सामग्रीहरु यो संग्रहालयमा राखिएका छन् । पूर्वमा क्षेत्रीय संग्रहालय धनकुटामा रहेको छ । आफनो मान्छेको मृत्यू पछि दान गर्ने, पाटी पौवा वनाउनु भन्दा यस्तो काम गर्नुपर्ने संग्रहालय निर्माणकर्ता झप्तमान खजुम भनाई छ । यो संग्रहालय निर्माणका लागि धरान १६ निवासी व्रिटिस सेनाका पूर्व गोर्खा मेजर झप्टमान पारघरीले आफनो स्वर्गीय मातापिताको नाममा करिव १५ लाख रुपैयामा स्थापना गर्नुभएको हो । यो संग्रहालय पूर्वको पहिलो निजी स्तरमा संचालन गरिएको संगहालय पनि हो । संग्रहालयमा लिम्वू र लिम्वू जातिसंग सम्वन्धित विभिन्न लालमोहरहरु, पुरानो कागजातहरु अनि लिम्वूसंग सम्वन्धित सामग्रीहरु राखिएका छन् ।

LIVE TV