४ माघ २०७२, सोमबार

नेपाली काग्रेसका नेता डाक्टर शेखर कोईरालाले काँग्रेसको आसन्न १३ औ महाधिवेशनबाट ६०–४० को भागवण्डाको अन्त्य हुने दाबी गर्नुभएको छ । उहाँले भागवण्डाको राजनीतिका कारण पार्टी थिलथिलो भएको बताउदै यो अबस्थाबाट पार्टीलाई निकास दिन अब भागवण्डाको राजनीति अन्त्य गर्नुपर्ने प्रष्ट पार्नुभयो । दाङको तुलसीपुरमा आईतबार आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काग्रेसका नेता कोइरालाले पार्टी थिलथिलो अबस्थामा भएपनि संबिधानसभामा जनताले बाध्य भएर नेपाली काग्रेसलाई मतदान गरि ठूलो पार्टी बनाएको बताउनुभयो । मधेसबादी दलहरु टुक्रा टुक्रा हुनु र माओबादीको चरित्र र एमालेका अबिश्वासीला कुराका कारण काग्रेसले सबै भन्दा बढी मत प्राप्त गरेको उहाँको तर्क छ । अब आफ्नै पहिचान र महेनत बीना काग्रेस अगाडि बढ्न नसक्ने पनि कोइरालाले प्रष्ट पार्नुभयो ।
नेता कोइरालाले हिन्दु धर्मका बिषयमा काग्रेसका अर्का नेता खुमबहादुर खडकाको अभियानमा आफ्नो सदैब साथ रहने जानकारी दिनुभयो । संबिधान सभा भित्र हिन्दु राष्ट्र पक्षमा आफुले प्रस्ताब दर्ता गराएको समेत स्मरण उहाँले गराउनुभयो । नेपालका ५ जना नेताहरुले भारतमा गएर हिन्दु राष्ट्र पक्षमा गरेको प्रतिबद्धता कार्यान्वन नगरेको सन्र्दभमा भारतीय बिदेश मन्त्रिले संसद भित्र दिएको सार्बजनिक अभिब्यक्ति प्रति उहाँले ध्यानकार्षण समेत गराउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य कोइरालाले अब भार थाम्नै नसक्ने भई सकेको वर्तमान सरकार आफै ढल्ने दाबी गर्नुभयो । यो सरकारले संबिधान कार्यान्वयन भन्दा पनि संबिधान उल्लंघन गरिरहेको आरोप उहाँको थियो ।

LIVE TV