४ माघ २०७२, सोमबार

नेकपा एमालेका उपाध्यक्ष एवम् रक्षा मन्त्री भीम रावलले मधेसी मोर्चालाई मुलुकको वर्तमान अवस्था र भूकम्पका कारण निम्तिएको संकटलाई ध्यानमा राखेर वार्तालाई छोट्याउन आग्रह गर्नुभएको छ । उहाँले मोर्चाले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर भएपनि मोर्चाले नै वार्ता प्रति संवेदनशीलता नदेखाएको गुनासो गर्नुभयो । शनिवार विराटनगरमा आयोजित संविधान बारे प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै रक्षा मन्त्री रावलले सरकारले माघ ५ गते भित्र संसदमा प्रस्तुत गरिएको विधेयक पारित गराउने तयारी गरेको जानकारी दिदै संविधानमा नमिलेका विषय वस्तु र विवादहरु राजनैतिक समिति मार्फत टुङ्ग्याउने गरी सहमति गर्न मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।

LIVE TV