४ माघ २०७२, सोमबार

काठमाडौं । देशभरका अस्पतालका फोहोर व्यवस्थापन समस्या बनिरहेका बेला देशकै ठूलो परोपकार प्रसूति अस्पताल थापाथलीले अस्पतालबाटै निस्कने फाहोरबाट अतिरिक्त आम्दानी गर्न थालेको छ ।

paropakar

तीन महिना अगाडिसम्म अस्पतालबाट निस्किएको फोहोरलाई थान्को लगाउन अस्पतालले मासिक ५० हजार रुपैयाँ खर्च गर्दै आएको थियो । तर, कात्तिक महिनापछि भने प्रत्येक महिना ५० हजार रुपैयाँ आम्दानी गर्न थालेको नयाँ पत्रिकामा खबर छ ।

तीन महिनाको अवधिमा अस्पतालको खातामा फोहोरबाट एक लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको अस्पतालका निर्देशक प्रा.डा. जागेशवर गौतमले जानकारी दिए । अहिले अस्पतालमा थुप्रने फोहोरको समस्या हटेको र अस्पताल सफा हुन थालेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV