४ माघ २०७२, सोमबार

 

बैशाख १२ को भूकम्पले घर ढालेर सिन्धुपाल्चोकको हिमाली गाविस गोल्चे, सांगुलिङ गाउँका पायामाइला तामाङलाई झन्डै किचेको। घर भत्केर एकैचोटी ओइरिएका ढुंगेगारो र काठपात छल्दै कसोकसो उनी फुत्किए। धन्न बाँचेका उनलाई त्यसपछि झन् ठूलो आपत आइलाग्यो। नगरिक दैनिकमा समाचार छ।

earth

गाउँमाथिबाट खसिरहेको पहिलो छल्दै परिवारे भागेर तेम्बाथानतिर अघि त बढ्यो तर पारि तर्ने झोलुङे पुल चुँडिइसकेछ। फरक्क फर्केर बोल्दै गाउँतर्फ भाग्न खोज्जा नेसम खोलाको पुल पनि उसैगरी चुँडिएछ। क्तै भाग्ने उपाय नभएपछि मारे भूकम्पले बाँचे भाग्यले सोच्दै उनी गाउँमै रोकिए। परिवारलाई ओडारमा लगेर राखे। सिमलका मुना र एैसेलु खाएर धानिए। धेरैपछि मात्र हेलिकप्टरले चामलका बोरा आकाशबाट खसाल्दा फुटेर छरिएका कनिका टिपेर खोले खाएको अझै भुलेका छैनन्।

 

‘सरकारले अझै पुल हालिदिने सुरसार गरेन। नाकाबन्दीमा पर्न लागिसक्यौँ, किनमेल गर्न घुमाउने जँघार एक दिन पैदल हिँडेर कात्तिके बजार आइपुगेका उनले रुन्चे अनुहारमा भने,‘ अर्को बर्खामा पनि गाउँमै थुनिने पक्कापक्की भया्े।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV