४ माघ २०७२, सोमबार

नेपाली कांग्रेसको १३ औं महाधिवेशन निकै महँगो बन्ने अवस्था देखिएको छ । महाधिवेशनमा एक करोड २५ लाख रुपैयाँ खर्च बढ्ने भएको हो । कांग्रेसका अनुसार १२ औं महाधिवेशनमा भएको दुई करोड ७५ लाखको बजेटले यसपटक नधान्ने देखिएको छ ।

kaangresh

१३ औं महाधिवेशनमा झन्डै सवा करोड रुपैयाँ खर्च बढी हुने अनुमान आर्थिक समितिले गरेको छ । आर्थिक समितिका सदस्यहरुले १३ औ महाधिवेशनका लागि खर्च हुने बजेटको अनुमान गर्दै आम्दानी र खर्चको सूची तयार गरेको छ । महाधिवेशमा झन्डै चार करोड रुपैयाँ खर्च हुने अनुमान गर्दै समितिका सदस्यहरुले बजेट बनाएका छन् । महाधिवेशन प्रतिनिधिको आवास र भोजमा सबैभन्दा बढी रकम खर्च हुने समितिको प्रारम्भिक खाका छ । आवास र भोजका लागि साढे दुई करोड खर्च हुने अनुमानछ । त्यस्तै महाधिवेशन उद्घाटन समारोहका लागि ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेर बजेट छुट्याइएको छ ।राजधानी दैनिक

LIVE TV