
काठमाडौं । भारतमा हुने दक्षिण एसियाली खेलको तयारीका लागि नेपाली खेलाडी फोहोरको डंगुरमा अभ्यास गरिरहेका छन् ।
रक्सी पानीका बोतल, चियाका गिलासदेखि मःम खाने टपरी र चटपटे खाएका कागजका खोस्टाले भरिएको ठाउँ कुनै ‘डम्पिङसाइट’ नभई नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला रहेको नयाँ पत्रिकामा खबर छ ।
तीन सातापछि भारतमा हुने दक्षिण एसियाली खेलकुदका विभिन्न इभेन्टमा स्वर्ण पदक ल्याएर देशको शिर उचो गराउने महत्वकाक्षां बोकेकार खेलाडी अहिले त्यही फोहोरको डंगुर भएको ठाउँमा अभ्यास गरिरहेका छन् ।